७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

पिङ्ग खेल्दा खेल्दै डोरी घाटिमा बेरिएर ८ वर्षीया बालिकाको मृत्यु

१८ साउन, गुल्मी । एक बालिकाको पिङ्ग खेल्ने डोरी घाटिमा बेरिएर मृत्यु भएको छ । गुल्मीको चन्द्रकोट गाउँपालिका–२ भिरखानी निवासी ८ वर्षीया सन्ध्या परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएकाे छ ।

खेल्नका लागि अभिभावकले घरमै बनाइएको पिङ्गको डोरी घाँटीमा बेरिँदा बालिका गम्भीर घाइते भएको र उनको स्थानीय मेडिकलमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएकाे छ । बालिकाको शवलाई पोष्टमार्टमका लागि सदरमुकाम लगिएकाे छ ।

प्रकाशित मिति : August 3, 2019 at 6:28 pm