प्रधानमन्त्री ओली आज स्वास्थ्य परीक्षणका लागि सिंगापुर जाँदै
१८ साउन, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओली आज सिंगापुर जाने कार्यक्रम रहेकाे छ । प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षणको लागि आज राति पानै १० बजे सिंगापुर जाने तय भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीसँगै निजी चिकित्सक डाक्टर दिव्यासिंह शाह पनि सिंगापुर जाँदै छन् । नेसनल युनिभर्सिटी हस्पिटलमा प्रधानमन्त्री ओलीको स्वास्थ्य परीक्षण हुनेछ । प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षण सकेर आउँदो शनिबार स्वदेश फर्कने तय भएको छ ।
प्रकाशित मिति : 14:04









