२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

सिरहामा अबैध लागु औषध सहित महिला पक्राउ

-महेश सिंह महतो
१७ साउन, सिरहा । सिरहाको गोलवजारमा प्रतिबन्धित लागुऔषध सहित एक ब्यापारी महिला पक्रउ परेकी छन् । पक्राउ पर्नेमा सिरहाको गोलवजार नगरपालिका १२ बस्ने ४६ बर्षिय ब्यापारी महिला सिया कुमारी महतो रहेकी छन् । उनलाई १ केजि ५०० ग्राम गाँजा सहित एक महिला पक्रउ परेको हो ।

विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय गोलबजारबाट ११ बजेको समयमा प्रहरी निरिक्षक नविन कुमार घिमिरेको कमाण्डमा खटिएको प्रहरी टोलीले महतोको घरमा खोज तलास गर्दा निजले लुकाई छुपाई राखेको कागजको पोका ३७ थान,प्लाष्टिकको झोला २ थानमा राखेको १ केजि ५०० ग्राम गाँजा र ३ हजार ४ सय ४४ रुपैया घर वाट वरामत भएको प्रहरीले जनाएको छन ।

पक्राउ परेकी महतोलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सिरहामा राखीएको जिल्ला प्रहरी कार्यालय सिरहाको प्रवक्ता अपिलराज वोहराले बताए ।

प्रकाशित मिति : August 2, 2019 at 12:07 pm