मेलम्चीको पाइप सफा गर्नेक्रममा काठमाडाैँको बालाजुमा २ जनाको मृत्यु
१७ साउन, काठमाडाैँ । काठमाडाैँको बालाजुमा मेलम्ची खानेपानी अायोजनको पाइप सफा गर्ने क्रममा २ जनाको मृत्यु भएको छ । शुक्रबार बिहान ९ः५० बजे बालाजुचोकमा मेलम्चीको ठूलो पाइपभित्र प्रवेश गरी सफा गर्नेक्रममा २ जनाको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरीवृत बालाजुले जनाएको छ । मृत्यु हुने दुबै जना सप्तरीका युवा हुन ।

प्रहरीका अनुसार मृत्यु हुनेमा २५ वर्षीय सुरेश शाह र २० वर्षीय शिवराम शाह रहेका छन । उनीहरूको शब सशस्त्र प्रहरी र नेपाल प्रहरीले डोजरको सहायतामा बाहिर निकालेको छ ।
प्रकाशित मिति : August 2, 2019 at 11:23 am









