बाजुराको गाैमुलमा पहिरोले घर पुरिँदा एकै परिवारका २ जनाको मृत्यु ५ जना घाइते
१७ साउन, बाजुरा । बाजुराको गाैमुल गाउँपालिकामा पहिरोले घर पुरेको छ । जिल्लाको गौमुल गाउँपालिका–६ शान्ति टोलमा बिहीबार राति पहिरोले घर पुरिँदा एकै परिवारका २ जनाको ज्यान गएको छ भने अन्य ५ जना घाइते भएका छन । प्रहरीका अनुसार मृतक र घाइते सबै एकै परिवारका हुन ।

पहिरोमा पुरिएर स्थानीय ३० वर्षीया निरुता चदारा र उनकी ६ वर्षीया छोरी निस्मिताको मृत्यु भएको छ । घाइते मध्ये निरुताका ससुरा ९० वर्षीय जंगे चदाराको अवस्था गम्भीर रहेको छ । घाइतेमध्ये अन्य ४ जनाको अवस्था सामान्य रहेको छ । प्रहरीले घटनास्थलमा पुगेर घाइतेको उद्धार गरी जिल्ला अस्पताल ल्याउँदै गरेको बाजुराका प्रहरी उपरीक्षक उद्धवसिंह भाटले बताएका छन ।
प्रकाशित मिति : August 2, 2019 at 9:14 am







