१७ आश्विन २०८१, बिहीबार | Thu Oct 3 2024

राष्ट्रिय सहकारी महासंघ र राष्ट्रिय सहकारी बैंकको १० लाख प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा

१६ साउन, काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राष्ट्रिय सहकारी महासंघ र राष्ट्रिय सहकारी बैंकले १० लाख १ हजार १ सय रुपैंया जम्मा गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई राहात रकमको चेक महासंघका अध्यक्ष केशव वडाल र बैंकका अध्यक्ष केबी उप्रेतीले हस्तान्तरण गर्नुभएको हो ।

चेक बुझेपछि प्रधानमन्त्री ओलीले विपत्तीमा परेकाहरुलाई उद्धार र पुनस्र्थापनाका लागि सहकारीकर्मीहरुले सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्नुभएको छ ।अध्यक्ष वडालले विभिन्न सहकारी संस्था र सहकारीकर्मीहरुबाट रकम संकल गरेर विपत्तीमा परेकाहरुलाई सहयोग गरिएको बताउनुभएको छ ।

 

प्रकाशित मिति : १६ श्रावण २०७६, बिहीबार १६:२७