१७ आश्विन २०८१, बिहीबार | Thu Oct 3 2024

रसुवामा दुई निकायले मात्र एक वर्षमा ११ अर्ब राजस्व असुल गरे

१५ साउन, काठमाडाैँ । सीमावर्ती क्षेत्रमा रहेका दुई सरकारी निकायबाट गत आर्थिक वर्षमा करीब रु एघार अर्ब राजश्व सङ्कलन भएको छ ।
कोष तथा लेखानियन्त्रक कार्यालय रसुवाले दिएको जानकारी अनुसार गत आर्थिक वर्षमा रसुवा भन्सार र अध्यागमन कार्यालय रसुवाले कूल रू १० अर्ब ७४ करोड एक लाख ४५५ राजश्व असूली गरेका हुन् ।

उक्त राजश्वमध्ये रसुवागढी नाका हुँदै चीन जाने पर्यटकको प्रवेशाज्ञा शुल्कवापत रु ८६ लाख ५३ हजार र अन्य सबै भन्सार शुल्कबाट आम्दानी भएको बताइएको छ । जिल्ला प्रशासन कार्यालय रसुवाले राहदानी र अन्य विविध शुल्कबाट रु ४३ लाख ९८ हजार ३८४ राजश्व असूली गरेको सहायक प्रमुख जिल्ला अधिकारी सपना भट्टराईले बताउनुभयो ।

यसैगरी रसुवा, नुवाकोट र सिन्धुपाल्चोक जिल्लाको एक हजार ७१० वर्गमिटर संरक्षित र ४२० वर्गमिटर मध्येवर्ती क्षेत्र ओगटेको लाङटाङ राष्ट्रिय निकुञ्जले गत आर्थिक वर्षमा वन पैदावार एवं पर्यटकबाट रु चार करोड २९ लाख ७८ हजार २५० राजश्व असूली गरेको छ ।

पर्यटकलाई खाने बस्ने सुविधाका लागि कार्यालयको स्वीकृतिबाट पवित्र तीर्थ गोसाइँकुण्ड र लाङ्टाङ पदमार्गमा खोलिएका होटेल तथा लजको वार्षिक रोयल्टीसमेत धमाधम असूली भइरहेको लाङ्टाङ राष्ट्रिय निकुञ्जले जनाएको छ ।

गत आर्थिक वर्षमा १७ हजार ६९१ जना पर्यटकले आफ्नो आधार इलाकामा भ्रमण गरेको प्रारम्भिक विवरण लाङ्टाङ राष्ट्रिय निकुञ्जले सार्वजनिक गरेको छ । धुम्नका लागि पर्यटकले रसुवा तथा सिन्धुपाल्चोकका पदमार्ग प्रयोग गर्ने र विभागमार्फत काठमाडाँैको भृकुटीमण्डप र रसुवाको काउन्टरको तथ्याङ्क भिडाएपछि पर्यटक आगमनको एकीन विवरण आउने निकुञ्ज कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७६, बुधबार २०:०९