चीनमा काम गर्न गएका ४४ नेपाली महिला समस्यामा परेपछि उद्धार
११ साउन, काठमाडौँ । चीनमा समस्यामा परेका ४४ नेपाली महिला कामदार स्वदेश फर्किएका छन् । चीनकाे ल्याओनिङ प्रान्तस्थित दान्दोङ रिशिङ कारखानामा कार्यरत नेपाली महिलाहरुलाई स्वदेश फर्काइको बेइजिङस्थित नेपाली दूताबासले जनाएको छ । उनीहरु भोलि आइतबार काठमाडौँ आइपुग्नेछन् ।

नेपाली महिलाहरु श्रम स्वीकृति लिएर दान्दोङ रिशिङ कारखानामा काम गर्न गत मेमा गएकाे दूताबासले जनाएकाे छ । तर, जुन दोस्रो साता करार अनुसार पारिश्रमिक र सेवा सुविधा नपाएको गुनासो आएपछि दूताबासले उद्दार थालेको थियो ।
चीनका सरकारी निकायसँग सम्वयन गरेर म्यानपावर कम्पनीको खर्चमा उनीहरुलाई नेपाल फर्काइएको बेइजिङस्थित दूताबासद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित मिति : July 27, 2019 at 6:36 pm







