७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

भक्तपुरको सुर्यविनायकमा मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु

११ साउन, काठमाडौँ । भक्तपुरको सुर्यविनायकमा मोटरसाइकलको ठक्करबाट ९ वर्षिय बालकको मृत्यु भएको छ । काठमाडौँबाट भक्तपुरतर्फ जाँदै गरेको बा ९५ प ९४३५ नम्बरको मोटरसाइकलले सूर्यविनायक ५ घलाते चोकमा ९ वर्षिय दिप श्रेष्ठलाई ठक्कर दिएको थियो । उनलाई तत्काल उवामुरा अस्पताल लगिएको थियो तर उपचारका क्रममा मृत्यु भएको छ ।


मोटरसाइकल चालक दिपेन श्रेष्ठलाई महानगरीय प्रहरी वृत्ति जगातीले नियन्त्रणमा लिएको छ । दुर्घटनामा मोटरसाइकलको पछाडि बसेका एनी गुरुङ घाइते भएकी छन् । उनको मध्यपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : July 27, 2019 at 5:42 pm