१७ आश्विन २०८१, बिहीबार | Thu Oct 3 2024

नेपाल-चीन नयाँ हवाई सम्झौता : नेपाली जहाजका लागि चीनका थप ८ विमानस्थल खुला  

१०, साउन, काठमाडौँ । नेपाल र चीनबीच नयाँ हवाई सम्झौता भएको छ । चीनको बेइजिङमा बिहीबार र शुक्रबार भएको द्विपक्षीय वार्तापछि उक्त नयाँ सम्झौता भएको हो । नयाँ  सम्झौता अनुसार दुबै देशका वायुसेवा कम्पनीले सातामा ७० उडान गर्न पाउने प्रावधानलाई लम्ब्याएर ९८ पुर्‍याइएको छ । तर बढेको २८ उडान चिनियाँ जहाजले काठमाडौँमा थप्न पाउने छैनन् । यो उडान निर्माणाधिन भैरहवास्थित गौतमबुद्ध र पोखरा विमानस्थलका लागि हो ।

यसअघि नेपालबाट ७ वटा विमानस्थलमा मात्र उडान गर्न पाउने प्रावधान रहेकाेमा सम्झौतापछि भने नेपाली जहाजले चीनका विभिन्न १५ गन्तब्यमा उडान गर्न सक्ने गरी गन्तब्य बढाइएको छ । यसअघिका ७ विमानस्थललाई यथावत राखी अन्य ८ विमानस्थलमा भने नेपाली कम्पनीले रोजेको गन्तब्यलाई अनुमति दिने प्रतिवद्धता चीनले गरेको छ ।

चीनले द्धिपक्षीय वार्ताका क्रममा नेपाली कम्पनीलाई यथाशक्य उडान बिस्तारमा सहजिकरणको प्रतिवद्धतासमेत व्यक्त गरेको छ ।

प्रकाशित मिति : १० श्रावण २०७६, शुक्रबार १७:४४