१७ आश्विन २०८१, बिहीबार | Thu Oct 3 2024

साउन २३ गतेदेखि सिद्धार्थ बैंककाे १ अर्ब ४० करोडको म्यूचुअल फण्ड बिक्री हुँदै

७ साउन, काठमाडाैँ ।  सिद्धार्थ बैंकले प्रवद्र्धन गरेको ‘सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम २’ को म्यूचुअल फण्ड बिक्री हुने भएको छ । सो योजनाको यही साउन २३ गतेदेखि बिक्री हुने आज प्रकाशित आह्वानपत्रमा उल्लेख छ । कूल रु एक अर्ब ४० करोड बराबरको उक्त योजना सिद्धार्थ म्यूचुल फन्डले ल्याएको दोस्रो योजना हो । प्रतिएकाइ रु १० का दरले १४ करोड एकाइ बिक्री गर्न लागिएको आज प्रकाशित आह्वान पत्रमा उल्लेख छ । सोमध्ये १५ प्रतिशतले हुन आउने दुई करोड १० लाख एकाइ वा सामूहिक लगानी कोष नियमावलीअनुसार बैंकको विज पूँजीको रुपमा लगानी गर्नेछ ।

आवेदन दिनेले न्यूनतम एकाइ सङ्ख्या १०० र अधिक्तम एकाइ एक करोड ४० लाख रहेको छ । उक्त सामूहिक लगानी कोष योजना छिटोमा यही साउन २७ गतेसम्म र ढिलोमा आगामी भदौ २० गतेसम्म बिक्री हुनेछ । नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयमार्फत आदेवन दिन सकिने छ ।

प्रकाशित मिति : ७ श्रावण २०७६, मंगलवार १६:४९