१७ आश्विन २०८१, बिहीबार | Thu Oct 3 2024

ग्लोबल आइएमई बैंकको २९औं एक्सटेन्सन काउण्टर महेन्द्रनगरमा

५ साउन, काठमाडाैँ । ग्लोबल आइएमई बैंक लिमिटेडले आन्तरिक राजश्वकार्यालय, महेन्द्रनगरमा एक्सटेन्सन काउण्टर सुरु गरेको छ । काउण्टरको आन्तरिक राजश्वकार्यालय, महेन्द्रनगरका प्रमुख कर अधिकृत लेखनाथ शर्मा (पंगेनी)ले उद्घाटन गर्नुभएको छ ।

बैंकले सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ्ग सेवाको आवश्यकतालाई मध्यनजर गर्दै एक्सटेन्सन काउण्टर सुरु गरेको हो । महेन्द्रनगरमा एक्सटेन्सन काउण्टरको उद्घाटनसँगै बैंकको एक्सटेन्सन काउण्टरको संख्या २९ पुगेको छ ।

प्रकाशित मिति : ५ श्रावण २०७६, आईतवार १२:३४