७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

शिल्पा पोखरेलले पहिलाे पतीसँग ८ वर्ष बिताएकी छिन्ः प्रकाश पुरी


४ साउन, काठमाडाैँ । फिल्म निर्माता छवी ओझा र नायिका शिल्पा पाेखरेल प्रेम सम्बन्ध हुँदै गर्दा प्रेम विवाहमा परिणत भएकाे थियाे । विगत तीन वर्ष अगाडि विवाह गरेका छवी र शिल्पाकाे आपसी समझदारिताकाे बाँध टुटेर सामाजिक संजाल भरी छताछुल्ल भएर पाेखिएकाे छ । आपसी झगडाले ठुलाे रूप लिएपछि शिल्पाले छवीकाे घर छाडेर मात्र गइनन् उनले प्रहरीमा श्रीमान छवीबाट ज्यान जोगाई पाउँ भन्दै  उजुरी दिएपछि उनीहरू बिचकाे विवाद सतहमा आएको हो ।

 

शिल्पासँग छवीकाे चाैथाे विवाह थियाे ।यही विषयलाई लिएर छवीले प्रहरीमा गएर शील्पासँग मिलापत्रको कागज समेत गरिसकेका थिए ।  मिलापत्र भए पनि छवी र शील्पा यतिवेला सँगै छैनन् । उनीहरु अलग अलग बस्दै आएका छन् । छवीले अब अर्को कुनै घरबार जोड्ने प्रयासमा नलाग्ने र शिल्पाले आफूलाई छोडे एक्लै जीवन विताउने सोंचमा रहेको बताए ।

एक अन्तरवार्ताकाे क्रममा पत्रकारले तपाइकाे याे चाैथाे विवाह हाे अनी हरेक श्रीमतीसँग सँगै किन रहन सक्नु हुन्न भनेर प्रश्न गर्दा छविले आफ्नाे बारेमा ३ वर्ष प्रेममा हुँदा शिल्पालाइ सबै कुरा थाहा भएकाे र शिल्पाकाे पनि दाेस्राे विवाह भएकाे बताएका थिए । त्यसैगरी छवी निकटका व्यक्ती प्रकाश पुरीले ठुलाे पर्दा अनलाइनमा अन्तरवार्ताकाे क्रममा शिल्पा पाेखरेलले पहिले पनि विवाह गरिसकेकाे र पहिलाे पती सँग ८ वर्ष बिताएर सम्बन्ध विच्छेद भएकाे बताएका छन् । पुरीले शिल्पा र उनकाे पहिलाे पती सँगै बसेकाे घरकाे ठेगाना र फ्ल्याट समेत बताएका छन् । उनी भन्छन् याे कुरा प्राय सबैलाइ थाहा छ तर शिल्पाले लुकाउन चाहेकाे कुरा हामीले बाहिर ल्याउन जरूरी छैन ।

प्रकाशित मिति : ४ श्रावण २०७६, शनिबार १६:३७