सम्पादकहरूपछि संसदीय समितिका सभापतिहरूलाई भारतीय दूतावासको रंगिन भोजको निम्तो
-पवित्रा मुडभरी
२ साउन, काठमाडौँ । स्वघोषित स्वतन्त्र सम्पादकहरूलाई रंगीन भोज खुवाएको भारतीय दूतावासले अब संसदीय समितिका सभापतिहरूका लागि रंगिन भोज दिने भएको छ । आगामी सोमबार अर्थात जुलाइ २२ का दिन भारतीय दूतावासले संसदीय समितिका सभापतिहरूका लागि रंगिन भोजको आयोजना गरेको हो ।

यसअघि केही दिन अघि दूतावासले स्वघोषित स्वतन्त्र सम्पादकहरूलाई रंगीन भोज दिएको थियो । विगतदेखि भारतीय पक्षमा गर्दै आएको सहयोग र आगामी दिनमा गर्नुपर्ने सहयोगको बारेमा भारतीय राजदूत मञ्जिवसिंह पुरीले ब्रिफिङ दिएका थिए । प्रतिनिधिसभा र राष्ट्रिसभा अन्तर्गतका सबै समितिका सभापतिका लागि दूतावासले मोबाइलमा म्यासेज पठाउने र फोनमा कन्फर्म गर्ने काम गरिसकेको छ ।
भारतीय दूतावासको पोलिटिकल वीङ हेर्ने तुलसी आचार्यले संसदीय समितिका सभापतिको मोबाइलमा म्यासेज पठाएकी थिइन । म्यासेजमा सोमबार ४ः३० बजे भारतीय राजदूतको निवास इन्डियन हाउसमा हाइटी दिन लागेकोले उपस्थितिका लागि अनुरोध गरिएको छ । यस्तो छ दूतावासको सन्देश

यसअघि सम्पाहरूका लागि भारतीय राजदूत निवास इण्डिया हाउसमा दिइएको रंगिन रात्रिभोजमा देशसञ्चार डटकमका युवराज घिमिरे, कान्तिपुर दैनिकका नारायण वाग्ले, कान्तिपुर मिडिया ग्रुपका अनुप काफ्ले, घटना र विचार सप्ताहिकका देवप्रकाश त्रिपाठी, मधेश मिडिया हाउसका डा। राजेश अहिराज, अन्नपूर्ण पोस्टका हरिवहादुर थापा, दी हिमालयन टाइम्स प्रकाश रिमाल, मिडिया सोसाइटीका अध्यक्ष समेत रहेका एबिसी टेलिभिजनका शुभशंकर कँडेल सहभागी भएका थिए ।
त्यस्तै उक्त रात्रीभोजमा नागरिक दैनिकका गुणराज लुईटेल, नयाँ पत्रिका दैनिकका कृष्णज्वाला देवकोटा, कान्तिपुर टेलिभिजनका प्रशान्त अर्याल, हिमालय टेलिभिजनका श्याम कँडेल, रिपोटर्स क्लबका ऋषि धमला, आर्थिक अभियानका मदन लम्साल, सगरमाथा टेलिभिजनका निर्मल गुरुङ्ग, खबरहव डटकमका प्रमोद सेंढाई लगायत सहभागी भएका थिए ।
प्रकाशित मिति : July 18, 2019 at 3:32 pm









