११ जेष्ठ २०८३, सोमबार | Tue May 26 2026

प्रधानमन्त्री ओलीले झपारेपछि लालबाबु चुप, कर्मचारीलार्इ अातंकित नबनाउन अाग्रह

२ वैशाख, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई झपारेका छन । काम भन्दा बढी अनावश्यक भाषण गर्दै हिडेको भन्दै प्रधानमन्त्री ओलीले पण्डितलाई एक साता अघि प्रधानमन्त्री निवास वालुवाटारमै बोलाएर झपारेका हुन ।

कर्मचारी समायोजन र स्वेच्छिक अबकाशको विषयमा विद्यामान ऐन कानुननै नहरी अनावश्यक रुपमा कर्मचारीको मनोबल गिराउनेगरी बोल्दै हिडेको भनेर ट्रेड युनियनका नेताहरुले गुनासो गरेपछि ओलीले पण्डितलाई बोलाएर झपारेका हुन ।

पण्डितले काममा भन्दा बढी सार्वजनिक खपतका लागि बोल्दै हिडेको भन्दै अाेलीले सचेत गराएको बुझिएको छ । प्रधानमन्त्रीकोमा डेलिगेसन गएका ट्रेड युनियनका एक नेताले भने ‘राम्रो काम गर्ने व्यक्ति र इमान्दार भनेर सरप्राइज हुने गरी मन्त्रीको जिम्मेवारी दिइयो अहिले कर्मचारी भड्काउने गरी अभिव्यक्ति दिएर तनाव बनाएका छन ।’ एमाले निकटका कर्मचारीकै नेताहरुले प्रधानमन्त्री ओलीलाई भेटेरै विद्यामान ऐन कानुलाई धोती लगाउने गरी तर्कहरु पेश नगर्न आग्रह गरेका थिए ।

प्रकाशित मिति : April 15, 2018 at 9:45 am