ट्याक्सी सडकबाट ५ सय मिटर तल खस्यो
२२ असार, बागलुङ । शनिवार साँझ बागलुङ नगरपालिका–४ कुँडुले फेदीमा ट्याक्सी दुर्घटना भएको छ । ध१ज ६१९ नम्बरको ट्याक्सी दुर्घटना हुँदा चालक बागलुङको काठेखोला गाउँपालिका–४ तंग्रामका २८ वर्षका शंकर पुन ढोकाबाट खसेर बाँच्न सफल भएका थिए ।
ट्याक्सी सडकदेखि करीब ५ सय मिटर तल खसेको थियो ।
तस्वीर : खेमराज गौतम/रासस
प्रकाशित मिति : 15:31







