बाढीले बगाएर घट्टे खोला हाइड्रोपावरमा कार्यरत इन्जिनियरसहित ३ जना बेपत्ता
२२ असार, सिन्धुपाल्चोक । अविरल वर्षापछि आएको बाढीले बगाउँदा ३ जना बेपत्ता भएका छन् । शनिबार राति आएको बाढीले शिवश्री हाइड्रोपावरमा काम गर्दै आएका इटहरीका यादवप्रसाद काफ्ले र बाराका रामअवतार चौधरीलाई बगाएको सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

यस्तै, जुगल गाउँपालिकामा आएको बाढीले गाउँघर उज्यालो सानो घट्टे खोला हाइड्रोपावर प्रालिमा कार्यरत सिभिल इन्जिनियर मुक्ति सिवाकोटीलाई पनि बगाएको उहाँले जानकारी दिनुभयो ।
बिहानैदेखि उनीहरुको खोजी कार्य सुरु गरिएको प्रहरीले जानकारी दिएकाे छ । बाढीले दुवै आयोजनामा करोडौँ रुपैयाको नोक्सानी पुर्याएको छ ।
प्रकाशित मिति : 12:43







