६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

काठमाडाैँकाे विष्णुमति नदीमा भीषण बाढी, खतराको तह पारगरेसँगै सतर्क रहन आग्रह

२१ असार, काठमाडाैँ । काठमाडाैँको उत्तरीभेगमा भीषण पानी परेको छ ।  लगातार चार घण्टादेखि परिरहेको पानीका कारण विष्णुमति नदीले खतराको तह पार गरेको छ । विष्णुमति नदीमा यो वर्षकै उच्च बहाव देखिएको छ । पानीको सतहको स्तर २.६७ मिटर पुगेको छ ।

विष्णुमति नदीमा २.५ मिटरभन्दा माथि पानीको बहाव भएपछि खतराको संकेत पार गरेको मानिन्छ । सरकारको बाढी पूर्वानुमान महाशाखाले बाढीले खतराको लेभल पार गरेको भन्दै नदी किनारका बासिन्दालाइ सतर्क रहन अनुरोध गरको छ । नयाँ बसपार्कदेखि टेकु दोभानसम्मका नदी तटीय क्षेत्रमा बसोबास गर्ने सबैले उच्च सतर्कता अपनाउनु राम्रो हुने महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : 22:22