६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

भर्खरै गएको भूकम्पको केन्द्रविन्दु भक्तपुरको सल्लाघारी, यस्तो छ भूकम्प मापन केन्द्रको रिपोर्ट

२१ असार, काठमाडौँ । काठमाडौँमा भूकम्पको धक्का महशुष भएको छ । केहीबेर अघि ४ बजेर १५ मिनेटमा भूकम्पको धक्का महशुष भएको हो । भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्रविन्दुभक्तपुरको सल्लाघारी अासपासमा रहेको छ । त्यस्तै ४.६ म्याग्निच्युडको भूकम्प मापन गरिएको पनि केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार यो गोरखा भूकम्पकै परकम्प हो । भूकम्पका कारण मानिसहरू तर्सिएर घरबाट बाहिर निस्किएका थिए । भूकम्प शनिबारकै दनि आएको र मौसम पनि खराब भएको भन्दै मानिसहरू थप  त्रसित देखिएका छन । भूकम्पको धक्का काठमाडौँ आसपासका जिल्लाहरू नुवाकोट, धादिङ, रसुवा, काभ्रे र सिन्धपाल्चोकसम्म धक्का महशुष गरिएको छ ।

प्रकाशित मिति : 16:44