६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

अर्घाखाँचीमा जिप दुर्घटनाहुँदा ३ को मृत्यु, ५ घाइते

१९ असार, बुटवल । अर्घाखाँचीको सुपादेउराली नजिकै  जिप दुर्घटनाहुँदा ३ जनाकाे मृत्यु भएकाे छ । कपिलबस्तुबाट सन्धिखर्क जाँदै गरेको लु १ ज १३२९ नम्बरको जिप दुर्घटना भएककाे जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

११ जना सवार जिप सुपादेउरालीको मन्दिर र खाँचीखोला पुलको बिचमा पल्टिएर खोलामा पुगेको छ । घटनास्थलमा प्रहरी पुगेको छ तर गाडी खोलामा पुगेकाले उद्दारकार्यमा कठिनाई भएको प्रहरीले बताएको छ । पाँच जना गम्भीर घाईतेहरुलाई उपचारको लागि बुटवल लगिएकाे छ ।

प्रकाशित मिति : 14:00