११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026

त्रिवि शिक्षण अस्पतालको चमेनागृह टेण्डर स्वीकृतिमा व्यापक भ्रष्टाचार, चुँ बोलेनन् डा गोविन्द केसी

२८ जेठ, काठमाडाैँ । त्रिवि शिक्षण अस्पतालको चमेनागृहको टेण्डर स्वीकृतिमा व्यापक भ्रष्टाचार भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। त्रिवि शिक्षण अस्पताल व्यवस्थापनले बोलपत्रमा पहिलो नम्बरमा नाम सार्वजनिक भएको कम्पनीलाई अस्वीकृत गरेर तेस्रो नम्बरको कम्पनीलाई स्वीकृत दिएपछि अख्तियारमा उजुरी परेको हो ।

लामा क्याफेका प्रोपाईटर विजय लामाले टेण्डर स्वीकृतिमा व्यापक भ्रष्टाचार भएको दाबीसहित आयोगमा उजुरी गरेका हुन । त्रिवि शिक्षण अस्पतालको चमेना गृह भाडामा दिन ०७५ चैत्र १८ गते गोरखापत्रमा वोलपत्र आह्वान गरिएको थियो । वोलपत्रमा ७ कम्पनीको नाम छनोट गरिएको थियो । तर पहिलो र दोस्रो नम्बरमा नाम सार्वजनिक भएको दुई कम्पनीलाई टेण्डर नपारी तेस्रो व्यक्तिलाई टेण्डर पर्ने छाटकाट देखिएको भन्दै टिचिङमाा लामा क्याफे सञ्चालकले छानविन गरि आवश्यक कारवाहीको लागि आयोगमा उजुरी दिएको बताएका छन ।

निवेदक लामा क्याफेले कवोल गरेको मासिक भाडा रु. १७ लाख ५१ हजार ११ रुपैयाँ र श्री जयसुमन जनशक्ति सेवा कम्पनी रु. १५ लाख ६५ हजार ६ सय ५९ रुपैयाँ मासिक भाडा राखिएको थियो । लामा क्याफेको भन्दा मासिक भाडा २ लाख कम भएको तेस्रो नम्बरमा नाम सार्वजनिक भएको कम्पनीलाई वोलपत्र स्वीकृत गर्ने सूचना प्राप्त भएको भन्दै आर्थिक छानविन गर्न माग उजुरीमा माग गरिएको छ ।गोरखापत्र दैनिकमा प्रकाशित लामा क्याफे पहिलो नम्बरको बोलपत्र अस्वीकृत गरि तेस्रो नम्वरमा रहेको श्री जयसुमन जनशक्ति सेवा कम्पनीलाई स्विकृत गर्न खोजिएको भन्दै उजुरी परेको हो ।

अस्पताल भित्रै यति ठूलो भ्रष्टाचारको प्रकरण चल्दा पनि पटक पटक अनसन बसेर अस्पताल अस्तव्यस्त बनाउँदै अाएका डा गोविन्द केसी चुँ पनि बोलेका छैनन् । राजनीतिक माग र स्वास्थ्यका केही माग लिएर अनसन बस्ने केसी अाफू कार्यरत त्रिवि शिक्षण अस्पतालको सुधारका लागि बोलेको पाइदैन ।

प्रकाशित मिति : June 11, 2019 at 7:20 pm