७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

‘दाजु फर्केर आउनुस्, जीवनमा तपाईसँंग बसेर खुशीको श्वास फेर्न मन छ’


–विवेक अर्याल
२७ चैत, धादिङ । धादिङ जिल्ला गजुरी गाउँपालिका वडा नं.२ अमिल्टार घर भएका प्रवेश कँडेल वेपत्ता भएको करिव ६ वर्ष वितिसक्दा अझै उनी फर्केर नआउदा परिवारमा अन्यौलता छाएको छ । २०६९ साल मंसिर १० गते धादिङकै मलेखु वजारबाट हराएका प्रवेशको भाइ सुजन र उनका परिवारले आफन्त र चिनजानका सबै ठाउँमा खोज तलास गरेपनि प्रवेश अझैसम्म फेला नपरेका भाई सुजन कंडेलले वताउनुभयो ।

भाई सुजनले भन्नुभयो “दाजु गाउँघरमा रामकृष्ण नामवाट परिचित हुनुहुन्थ्यो । र उहांले गाउंघरमै शिक्षण पेशा अंगाल्नु भयको थियो भने उहाले राजधानीको अमृत साईन्स क्याम्पस वाट विएस्सी उत्तिर्ण गर्नुभयको थियो । उहां अध्ययन र पेशाकै शिलशिलामा धादिङ, चितवन र काठमाडौं ओहोर दोहोर गरिरहुन्थ्यो । मामाको छोरीको विवाहको निम्तो मान्न २०६९ साल मंसिर ८ गते गते वेनिघाटको वाउन्टार गएको र मंसिर १० गते मलेखु फर्केपछि दाजु सम्पर्कमै नआएपछि केहि समय नाता कुटुम्व तथा गाउँघरमा खोजी गर्दा कहि कतै भेटिनुभयन र अझैसम्म पनि सम्पर्कमा आउनु भयको छैन ”


भाई सुजन कंडेलका अनुसार करिव ६ फिट उचाइ र रातो वर्णको अनुहार भएका दाजु प्रवेश कडेल त्यतिवेला ३० वर्ष भएका थिए । भाई सुजन कंडेले दाजु हराएपछि सामाजिक सञ्जाल फेसवुकमा समेत पटक पटक दाजुको फोटो हालेर साथी भाईलाई खोजिदिन आग्रह पनि गरिरहनुभयो । दाजुलाई सम्झियर गहवाट आसु चुहाउदै उहां भन्नुहुन्छ, “१२ वर्षमा खोला त फर्कन्छ भन्छन् मेरो दाजु कसो नफर्कनु होला र् ?”

भक्कानियको स्वरमा भाई सुजनले भन्नुभयो “दाजु हराएको दिनदेखि नत रातमा निद छ, नत दिनमा भोक छ, दाजुकै सम्झनाले छट्पट्टि हुन्छ । पिरोलिई रहन्छु । कुक्क कुक्क रुदै उहाले दोहो¥याउनु भयो ‘के गर्नु मत कति अभागी रहेछु आफ्नो जन्म भएको २ वर्षमै अर्थात २०५२ साल वैशाख ८ गते आमा कोसिलाकुमारी कडेलको मृत्यु भयो भन्छन् आफुले आमा भनेको कस्तो हुन्छ चिन्नै पाईन । फेरी मैमाथी दैव खनियछ लगत्तै करिव ६ महिना पस्चात २८ कात्तिक २०५२ सालमै बुवा प्रेमप्रसाद कडेलको पनि मृत्यु भयछ । सुत्ने वेला आमा वुवा सम्झिदा मुटु भक्कानिन्छ, तर के गर्नु मेरो भाग्यनै यस्तै… भन्दै उहाले सानै उमेरमा जन्मदिने बुबा आमा गुमाए पनि हामीहरुलाई ठूली आमा बुबा मैना कडेल र डाकुरनाथ कडेलको आफ्नै मानेर काखमा हुर्काउनुभयो ।

जन्मीयको २ वर्षमै टुहुरिएको सुजन कडेलले १० वर्ष हुदाँ मात्र आफुले जनजागृति प्राविबाट कक्षा ५ पास गरेपछि श्री वागेश्वरी उमावि मा कक्षा ६ भर्ना गर्न सर्टि्फिकेट निकाल्दा आमाबुवाको नाम फरक देखेपछि मात्रै आफुलाइ जन्मदिने आमाबुबा गुमाएको थाहा पाउनुभयो । सहारा दिने दाजु हुनुहुन्थ्यो उहाँ पनि सम्पर्क विहिन हुनुभयो । माइला दाजु र दिदि विदेशिनु भएको पनि लामो समय भयो तर फर्किनु भएन । म न यताको न उताको भएँ ।

आमाबुवाको मृत्युपछि सुजन र प्रवेश दुवै दाजुभाइ माइला बुवाकोमा बस्दै आउनुभएको छ । सानो छदा खाउ बावु खाउ भन्दा नमानेर लखेटी लखेटी खाना खुवाएको, सगै खेलेको, सुतेको अनि हिडडुल गर्न सिकाएका ति पलहरु सम्झदा आज पनि सुजनको मन भक्कानिन्छ अनि गहभरी आँसु भरिन्छ । सुजन भन्छन् – सानोमा दाजुलाई मैले कति दुःख दिएँ, सताएँ । त्यतिबेला दाजुको चाहना लत्याए होला । अहिले मसँग उहाँसँगैका धेरै सपनाहरु छन् । तर आज साथमा दाजु हुनुहुन्न । मेरो दाजु कहाँ हुनुहुन्छ होला । तपाईहरुले पनी खोजिदिनुहोस् न है । उहाले भन्नुभयो ।

सानो छदाँ दाजुलाइ सताएको दुःख दिएको सम्झदा सुजनलाई आज पछुतो महसुस भैरहेको छ । तर दाजु भनेको आमा बुबा पछिको आमाबुबा हो । सुजन भन्नुभयो – मेरो दाजुले भाइको गल्तिलाइ माफी दिएर हाम्रो सुनौलो भविष्यका लागि अवस्य घर फर्किनुहुन्छ । दाजु म हजुरलाइ भेट्न नपाएर अत्तालिएको छु । धेरै आत्तिएँको छु दाजु । जीन्दगीभर तपाइकै साथमा बसेर खुषीको सास फेर्ने मन छ । फर्केर आउनुहोस् न है, यो भाइको विन्ति छ । उहाले हार गुहार गर्नुभयको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७४, मंगलवार १२:३३