२४ जेष्ठ २०८३, आइतबार | Sun Jun 7 2026

सुनको मूल्यमा उच्च गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

२४ जेठ, काठमाडौँ । सुनको मूल्यमा भारी गिरावट आएको छ । सुन एकै दिन तोलामा ८ हजार २०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज  सुन प्रतितोला ३ लाख ८०० रुपैयाँमा किनबेच भइरहेको छ ।

गत शुक्रबार पनि सुन तोलामा २ हजार १ सय रुपैयाँले घट्दै प्रतितोला ३ लाख ९ हजार रुपैयाँमाका कारोबार भएको थियो । यस्तै आज चाँदीको मूल्य समेत घटेको छ । चाँदीको मूल्य ३३५ रुपैयाँले घट्दै प्रतितोला ४ हजार ८९५ रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : June 7, 2026 at 10:53 am