२ जेष्ठ २०८१, बुधबार | Thu May 16 2024

पैतलाकाे यस्तो चिह्न पनि साह्रै भाग्यमानीकाे संकेत, चिन्ह थाहापाउनुहाेस्


२२ जेठ, काठमाडाैँ ।  हातका मात्र होइन खुट्टाका रेखा पनि मानिसको स्वभाव र भाग्य विश्लेषणका लागि महत्वपूर्ण हुने ज्याेतिष शास्त्रमा उल्लेख गरेकाे छ । समुन्द्र शास्त्रमा खुट्टाका पैतलामा हुने चिन्हको अर्थबारे चर्चा गरिएको छ ।

समुन्द्र शास्त्र अनुसार खुट्टाको कान्छी औंलाको फेंदमा माथिमा माथितिर गएको रेखा छ भने यस्ता ब्यक्ति भोगी र विलाशी हुन्छन् । यस्ता व्यक्ति समाजमा प्रतिष्ठित पनि हुन्छन् । यिनीहरु भाग्यमानी हुन्छन् र धनी पनि ।  त्यस्तै कुनै व्यक्तिको पैतालाको मध्य भागमा वृत्त अर्थात गोलो आकृति छ भने यस्ता ब्यक्ति धनी हुन्छन् । यिनीहरुले धन कमाउनकै लागि धेरै मेहनत गर्नु पर्दैन ।

जसको पैतालमा त्रिशुलको चिह्न छ त्यस्ता ब्यक्ति निक्कै भाग्यशाली हुन्छन् । सरकारी जागिर वा उच्च पद प्राप्त हुने ब्यक्तिको पैतलामा यस्तो चिह्न हुन्छ ।  जसको पैतालामा बुढी औंलाको फेंदमा स्वस्तिक चिन्ह हुन्छ त्यस्ता ब्यक्ति महामानव हुन्छन् । यस्ता व्यक्तिलाई विश्वले चिन्छ ।

जसको पैतालामा मध्य भागमा अर्धचन्द्राकर रेखा छ त्यस्ता धनी भए पनि धनको मतलव नगर्ने हुन्छन् । पैतालामा अंग्रेजी अक्षर ‘टी’  जस्तो आकृति छ भने त्यस्ता व्यक्ति भाग्यशाली हुन्छन् । यस्ता व्यक्तिले व्यापारमा निक्कै सफलता पाउँछन् ।खबर डबलीबाट

प्रकाशित मिति : २२ जेष्ठ २०७६, बुधबार १६:४४

https://srdb.com.np/