१७ आश्विन २०८१, बिहीबार | Fri Oct 4 2024

जलाशयुक्त बूढीगण्डकी  जलविद्युत् आयोजनाको निर्माण फेरि अन्योलमा, गेजुवा सम्पर्कविहीन

२१ जेठ, काठमाडाैँ । राष्ट्रिय गौरवको जलाशयुक्त बूढीगण्डकी  जलविद्युत् आयोजनाको निर्माण फेरि अन्योलमा परेको छ । चिनियाँ निर्माण कम्पनी गेजुवा सम्पर्कविहीन भएपछि  बूढीगण्डकी  जलविद्युत् आयोजनाको बारेमा थप अन्योल सिर्जना भएको हो । आजको अन्नपूर्ण पोस्ट् दैनिकमा राजु बास्कोटाले लेखेका छन् ।

यो आयोजना बनाउन सरकारले आगामी वर्ष १३ अर्ब रुपैयाँ बजेट विनियोजन गरिसकेको छ । हाल मुआब्जा वितरण गर्ने कार्य भइरहेको यो आयोजना निर्माण गर्न सरकारले बिना प्रतिस्पर्धा उक्त कम्पनीलाई दिएको थियो । तर, यो निर्माण कम्पनी अहिले सरकारकै सम्पर्कमा छैन ।

शेरबहादुर देउवा नेतृत्वको सरकारले आफैं बनाउने निर्णय गरेको बूढीगण्डकी आयोजनालाई गत असोजमा केपी ओली नेतृत्वको सरकारले बिना प्रतिस्पर्धा चिनियाँ कम्पनी गेजुवालाई दिने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २१ जेष्ठ २०७६, मंगलवार ०८:५३