अष्ट्रेलिया जाने तयारीमा रहेकी प्रेमिकाको हत्या गर्ने दिनेश भट्टराईलाई जन्मकैदकाे सजाय
१६ जेठ, विराटनगर । जिल्ला अदालत मोरङले अष्ट्रेलिया जाने तयारीमा रहेकी प्रेमिकाको हत्या गर्ने विराटनगर- १० का ३० वर्षिय दिनेश भट्टराईलाई जन्मकैदको फैसला सुनाएको छ । जिल्ला अदालत मोरङका न्यायाधीश नारायणप्रसाद शर्माको एकल इजलासले भट्टराईलाई जन्मकैदको फैसला सुनाएको हो ।
भट्टराईले २०७५ भदौ १ गते २३ वर्षकी शिखा घिमिरेको ग्रामथान गाउँपालिका ३ स्थित नरहको बाटोमा धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए । पीडित परिवारलाई १ लाख क्षतिपूर्ति भराउन पनि अदालतले आदेश दिएको छ ।
प्रकाशित मिति : १६ जेष्ठ २०७६, बिहीबार १९:१४