११ मंसिर २०८१, मंगलवार | Wed Nov 27 2024

चुरोटको धुँवाभन्दा पनि बढी विषालु हुन्छ धूप, क्यान्सर नै हुने खतरा !

९ जेठ, एजेन्सी  । हामीहरू प्रत्यककाे घरमा अनिवार्य पूजाआजा गर्ने गरिन्छ । पूजा गर्दा धूप अनिवार्य बाल्ने चलन छ । धूपको सुगन्धले घरलाई शुद्ध बनाउँछ भन्ने परम्परा समेत रहेको छ । चीनमा गरिएको एक अनुसन्धानले हामीले बाल्ने अगरबत्तीको धुँवा चुरोटको धुँवाभन्दा पनि खतरनाक भएकाे बताएको छ । धूपमा हुने पोलीएरोम्याटिक हाइड्रोकार्बनले दम, क्यान्सर, टाउकोको रोग र खोकी जस्ता राेग निम्तिने अनुसन्धानमा बताइएको छ ।

चुरोटको तुलनामा धूपको धुँवामा धेरै रसायन पाइएकाे अनुसन्धानले देखाएकाे छ । धूपबाट निस्कने सुगन्धित धुँवामा मसिना मसिना पार्टिकल कण हुन्छन् जुन कणहरु मानव स्वास्थ्यको लागि निकै विषालु हुन्छ । अनुसन्धानमा बताएअनुसार धूपबाट निस्कने धुँवामा म्यूटेजेनीक, जीनोटोक्सीक र साइटोटोक्सीक जस्ता विषालु तत्वहरु हुन्छन् । जसले गर्दा क्यान्सर बढ्ने सम्भावना बढी हुन्छ ।

यसैगरी, उक्त धुँवाले सास नलीमा जलन पनि पैदा गर्छ । यस्तो धुँवा फोक्सोमा अड्किने र इन्फ्लेमेटरी रियाक्शन गर्छ ।त्यस्तै, धुँवामा भएको खतरनाक केमिकलले डीएनए पनि बदल्न सक्छ । यसमा हुने नाइट्रोजन र सल्फर डाइअक्साइड जस्ता ग्यासले दमको समस्यासँगै सास लिन पनि असहज गराउँछ ।

धूपबाट निस्कने धुँवामा कार्बनमनोअक्साइले फोक्सोमा असर गर्नुका साथै ज्वरो र कपको समस्या पैदा गर्छ । यसैगरी, आँखा र मुटुको लागि पनि धूपको धुँवा निकै खतरनाक मानिन्छ । धूपको धुँवामा लगातार सास लिँदा हृदयघातको सम्भावना हुन्छ । भने यसमा भएको हानिकारक केमिकलले आँखा चिलाउने , पोल्ने जस्ता समस्या देखापर्छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०७६, बिहीबार ११:५९