३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

शेयर बजारमा गिरावट, नेप्से परिसूचक ९.१३ बिन्दुले घट्याे

६ जेठ, काठमाडाैँ । धितोपत्र बजारमा आज पनि शेयरको मूल्य ओरालो लाग्ने क्रम जारी रह्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ९.१३ बिन्दुले घटेर एक हजार ३०७.७१ अङ्कमा झरेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.९९ बिन्दुले घटेर २७९.८० मा घटेको छ । स्टकका अनुसार कूल १७२ कम्पनीको ३३ लाख ९८ हजार ६८० कित्ता शेयर रु एक अर्ब २२ करोड पाँच लाख सात हजार ४८५ मूल्यमा खरीद बिक्री भए ।

कारोवार भएका कूल ११ उपसमूहमध्ये आज दुई उपसमूहको मात्रै शेयरमा वृद्धि भएको छ । जलविद्युत् १६.५९ र अन्य २.७६ बिन्दुले बढेको छ । त्यस्तै बैंकिङ ७.२७, होटल ४.५८, विकास बैंक २०.३५, वित्त १९.९६, निर्जीवन बीमा ११९.२५, उत्पादन ५२.६९, लघुवित्त १६.८२, जीवन बीमा ८५.४४ र सामूहिक लगानी कोष ०.१९ बिन्दुले घटेको छ ।

शिवम् सिमेन्टको सबैभन्दा बढी मूल्यमा कारोवार भई शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु २५ करोड २१ लाख ६० हजार २९३ मा कारोवार भएको छ । यस्तै नेपाल बैंक लिमिटेड रु २३ करोड २१ लाख ९५ लाख ४९८, हिमालयन डिस्टिलरी रु आठ करोड २९ लाख ५६ लाख ७२१, बुटवल पावर कम्पनी रु चार करोड ४७ लाख सात हजार ५६७ मूल्यमा कारोवार भई शीर्ष स्थानमा रहे ।

स्टकका अनुसार आज कर्पोरेट डेभलपमेन्ट बैंक ९.९१, मल्टीपर्पोज फाइनान्स कम्पनी ९.७०, सिन्धु विकास बैंक ९.२९, वेस्ट फाइनान्स कम्पनी ९.२८, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले ९.०९ प्रतिशतले कमाएका छन् । यस्तै आज पाँचथर पावर कम्पनी ७.७६, मिथिला लघुवित्त वित्तीय संस्था ७.२५, शिवम् सिमेन्ट ५.४०, रिडी हाइड्रो पावर ५.०५, कन्काई विकास बैंकका शेयरधनीले ४.७६ प्रतिशतले गुमाएका छन् ।

प्रकाशित मिति : May 20, 2019 at 4:53 pm