१ असार २०८३, सोमबार | Mon Jun 15 2026

घामले अनुहारमा पोतो देखिने समस्या छ ? यी उपाय अपनाउनुहाेस्

२ जेठ, काठमाडाैँ । घामकाे कारण अनुहारमा पाेताे निस्कने समस्या देखिन्छ । पोतोबाट बच्न दिनमा तीनचार पटकसम्म मुख धुनुपर्छ। प्रशस्त पानी पिउनुका साथै चिकित्सकको सल्लाहमा विभिन्न क्रिम प्रयोग गर्न सकिन्छ।

बजारमा १५ देखि ३० नम्बरका घामबाट जोगाउने क्रिम पाइन्छन्। धेरै गोरो छाला छ भने ४० देखि ५० नम्बरको र धेरै कालो छालाका लागि १५ देखि ८ नम्बरको क्रिम प्रयोग गर्नु पर्ने डा. खतिवडाको सुझाव छ। चिल्लो छाला भएकाले सुक्खा खालको ‘सन्ब्लक’ क्रिमको प्रयोग गर्नुपर्छ। सुक्खा छाला हो भने चिल्लो क्रिम प्रयोग गर्नुपर्छ। घरभित्रै बस्दा वा घाम नलाग्दा पनि त्यस्तो क्रिम लगाउनुपर्छ।

बाहिर निस्कँदा छालाअनुसार त्यसमा पाँच एमएल थपेर क्रिम लगाउनुपर्छ। बिहान आठ, १२ र ३ बजे त्यस्तो क्रिम लगाउनु राम्रो हो। चिकित्सक भन्छन् ‘अहिलेको घामको पराबैजनिक किरण यति खतरनाक छ कि कुनै पनि औषधिले चाया आउनमा त्यति अवरोध गर्न सक्दैन तर आएको चाया फैलिनबाट क्रिमले रोक्न सक्छ।’

अनुहारमा क्रिम लगाएको केही समयपछि मात्र शरीर पूरै छोप्ने गरी कपडा लगाएर मास्क, चस्मा, छाताका साथ मात्रै यो बेला बाहिर हिँड्नुपर्छ। बजारमा पाइने मास्क निकै पातला र कम गुणस्तरका छन्। मास्कले काठमाडौंजस्ता सहरको धुलो छेक्न नसक्ने अनुसन्धानले पुष्टि गरिसकेको छ।

प्रकाशित मिति : May 16, 2019 at 12:50 pm