३ मंसिर २०८१, सोमबार | Mon Nov 18 2024

प्रहरीले बाटाेमै घुस खानेगरेकाे घटना बढेपछि सरकारले वर्दीबाट गोजी नै हटायाे

२७ वैशाख, काठमाडाैँ । प्रहरीले बाटाेमै घुस खानेगरेकाे घटना बढेपछि सरकारले वर्दीबाट गोजी नै हटाएकाे छ । केन्या सरकारले प्रहरीको वर्दीमा गोजी नराख्ने योजना बनाएकाे हाे ।  प्रहरीबाटै घुसखाेरी बढेपछि सरकारले नयाँ प्रहरीका वर्दीमा गोजी नराख्ने निर्णय गरेकाे हाे ।

सरकारी अधिकारीका अनुसार केन्याका प्रहरीमाथि बाटोमै घुस खाएका उजुरी दैनिक आउने गरेकाेले केन्याका राष्ट्रपति उहुरु केन्याटाको भ्रष्टाचार विरोधी अभियान स्वरुप उक्त् निर्णय लिएकाे हाे । वर्दीमा गोजी नभएपछि उनीहरुलाई घुस माग्न गाह्रो हुने विश्वास गरिएको छ। प्रहरीहरुले भने यस योजनालाई सफल हुन नदिने बताएका छन्।

प्रकाशित मिति : २७ बैशाख २०७६, शुक्रबार १७:३८