१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

पिता बन्दैछन् सलमान खान, कहिले गरे सलमानले विवाह ?

२६ वैशाख, । बलिउड नायक सलमान खानबारे अनौठो विषय सार्वजनिक भएको छ । उनी साँचै जीवनमा पिता बन्दैछन् तर उनले विवाह भने गरेका छैनन् । सार्वजनिक खबरअनुसार सलमान खान सेरोगेसी मार्फत बच्चा अपनाउने सोंचमा छन् ।

एक अंग्रेजी अनलाईन समाचारले जनाएअनुसार सलमान खान छिट्टै सेरोगेसी मार्फत पिता बन्नेभएका हुन् । सलमान खान बच्चालाई ज्यादै मनपराउने स्वभावका छन् । उनले बच्चालाई धेरै माया गर्ने गरेको समाचार यसअघि पनि सञ्चार माध्यम मार्फत सार्वजनिक भएकाे थियाे ।

सेरोगेसी मार्फत थुप्रै बलिउड कलाकार माता पिता बनिसकेका छन् । यसअघि शाहरुख खान, करण जौहर, एकता कपूर, सनी लियोनी पनि सेरोगेसीको मार्फत बच्चालाई आफ्नो बनाएर माता पिता बनिसकेका छन् । एजेन्सी

प्रकाशित मिति : २६ बैशाख २०७६, बिहीबार १८:२०