८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026

२५ वैशाख, काठमाडाैँ । अस्ट्रेलियाको पर्थको बाहिरी भागमा पर्ने एक स्थानमा एउटा रूखबाट निरन्तर पानी तप्किन थाल्यो। युकालिप्टस अर्थात् मसलाको रूखबाट यसरी पानी तप्किँदा धेरैले यसलाई रूख रोएको ठाने। यसलाई ईश्वरको चमत्कार ठानी रूखको फेदमा सयौँले प्रार्थना गरे। ‘रोइरहेको’ रूखलाई ‘यौवनको झरना’ समेत ठानियो ।

गत शुक्रबार, शनिबार र आइतबारसम्म त्यो रूखबाट पानी तप्किरहेपछि यो चमत्कारभन्दा पनि अर्थाेकै केही थियो कि भन्ने संशय गर्न थालियो। धार्मिक प्रवृत्तिका केही मान्छेले त रूखको ‘आँशु’मा नुहाए पनि। तर, पश्चिम अस्ट्रेलियाको खानेपानी विभागले अनुसन्धान गरेपछि भने रहस्य खुल्यो।

विभागका कर्मचारीले मसलाको रूखको जरामा खानेपानीको पाइप फुटेर रूखबाट पानी तप्किरहेको पत्ता लगाए। रूखको खोक्रो काण्डमा पानी भरिएको थियो। यसरी रूख रुन पुगेको थियो । तर, चमत्कारमा छिट्टै विश्वास गर्ने मान्छेका लागि यो घटना ईश्वरकै देन थियो।

प्रकाशित मिति : May 8, 2019 at 2:22 pm