नेपाली सेनामा तालीमरतबीच मैत्रीपूर्ण फुटबल, विजयीले पाए जिउँदै खसी
२५ वैशाख, नुवाकोट । नुवाकोट आदर्श बहुमुखी क्याम्पस बट्टारको खेल मैदानमा मंगलबार नेपाली सेना अधिकृत आधार तालीम समूह र सैन्य आधार तालीम समूहबीच भएको फुटबलमा अधिकृत समूह ३–२ गोलले विजयी भएको छ । श्री नं १ तालीम केन्द्र त्रिशूलीको आयोजनामा भएको मैत्रीपूर्ण खेलमा अफिसर क्याडेट समूह एक गोल अन्तरले विजयी भएको हो । अफिसर क्याडेटका सन्दीप ढुङ्गानाले २ र दीपेश शाहीले एक गोल गरेको तालीम केन्द्र त्रिशूलीका गणपति खेमराज शर्माले बताउनुभयो । शर्माका अनुसार सैन्यले एक गोल आत्मघाती गोल पाएको र सन्तोष विकले एक गोल गरेका थिए ।
प्रकाशित मिति : २५ बैशाख २०७६, बुधबार ०१:२०