३ मंसिर २०८३, बुधबार | Thu Nov 19 2026

पर्यटक बसबाट रक्तचन्दन तस्करी, दुई पक्राउ

https://www.muktinathbank.com.np/online/loan-application

२१ चैत, काठमाडौँ । महानगरीय प्रहरी वृत्त, कालिमाटीले ११ किलो रक्तचन्दन र विभिन्न सामग्रीसहित दुईजनालाई पक्राउ गरेको छ । वृत्तले दिल्लीबाट काठमाडौँ आउँदै गरेको ना ४ ख ४५१६ नं को पर्यटक बसमा रक्तचन्दन लुकाएर ल्याउँदै गरेका चालक काभ्रेका झिल्केमान रुम्बा र सहचालक वुटवलका सुमन पुनलाई मंगलबार पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसरले बुधबार पत्रकार सम्मेलन गरी ११ किलोग्राम रक्तचन्दन, रक्तचन्दनबाट मालामा प्रयोग गर्न बनाएको एक हजार ३०२ दाना, कुर्था सुरुवाल ६० थान, कुर्था टप्स दुई हजार ९८८ थान बरामद गरेको जानकारी दिएको छ ।

यसैगरी, सिल्क साडी १४३ थान, सिल्क साडी ६४ थान, सिफन साडी ६९ थान, महिला चप्पल १८ जोर र पुरुषले लाउने सर्ट २१० थान बरामद गरेको छ । वृत्तले सोही बसबाट बिजुलीका समान बोर्ड कभर, थ्री प्लक, फोर ब्लक सकेट, स्वीचलगायतका सामान पनि बरामद गरेको छ ।

परिसरका प्रमुख विश्वराज पोखरेलले तस्करीको शैलीमा पनि परिवर्तन आएको बताउनुभयो । “बसको सीट, छत र बोनेटमा कपडाभित्र लुकाएर सामान ल्याएको प्रहरीले फेला पारेको हो,”– उहाँले भन्नुभयो । उहाँले रक्तचन्दन र अन्य सामग्री ल्याउने मुख्य व्यक्तिको खोजी भइरहेको जानकारी दिनुभयो ।

बरामद गरिएका सामानमध्ये रक्त चन्दनलाई आवश्यक अनुसन्धानका लागि जिल्ला वन कार्यालय, हात्तीसार र कुर्था, सुरुवाल र अन्य सामग्रीलाई राजश्व अनुसन्धान विभाग ललितपुर पठाइएको परिसरले जनाएको छ ।

प्रकाशित मिति : April 4, 2018 at 7:40 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/