पन्ध्र सय घर निर्माणका लागि नेपाली सेनालाई ८५ करोड
१२ वैशाख, काठमाडौँ । सरकारले बारा र पर्सामा आएको हावाहुरीबाट प्रभावितको घर पुनःनिर्माणका लागि रु ८४ करोड ६८ लाख ७६ हजार नेपाली सेनालाई उपलब्ध गराउने भएको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले हावाहुरी प्रभावित क्षेत्रका उजाड तथा क्षति हुन पुगेका एक हजार ४५३ घरको पुनःनिर्माणका लागि सेनालाई बजेट उपलब्ध गराउने निर्णय गरेको हो ।

हावाहुरी प्रभावित क्षेत्रका जनताको बर्खायामअगावै घर पुनःनिर्माण सक्नेगरी सेनालाई बजेट उपलब्ध गराइनेछ । घर निर्माणको काम तत्कालै अघि बढ्ने सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिनुभयो । बैठकले भूकम्पपीडितका लागि सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत (पहिलो संशोधन) कार्यविधि २०७५ लाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।
प्रकाशित मिति : 20:07









