भारतीय नेता हार्दिक पटेलले नेपालीलाई चौकिदार भनेपछि नेपालीहरुले गरे प्लेकार्डसहित प्रदर्शन
११ बैशाख, काठमाडौँ । भारतीय नेता हार्दिक पटेलले नेपालीलाई चौकिदार भनेपछि नेपालीहरुले गरे प्लेकार्डसहित प्रदर्शन गरेका छन् ।

भारतको प्रमुख प्रतिपक्षी दल काँग्रेस आइका नेता हार्दिक पटेलले मंगरबार भारत गुजरातको भिरामगाममा भोट हालेलगत्तै दिएको अभिव्यक्तिले नेपालीहरुको बेइज्जत भएको भन्दै उनको विरुद्धमा प्रदर्शन भएको हो ।

मतदान गरेलगत्तै नेता पटेलले चौकिदार चाहिए म नेपालमा गएर खोज्न सक्छु मलाई देशमा प्रधानमन्त्री चाहिएको छ जसले अर्थव्यवस्था, शिक्षा तथा युवा जवानलाई मजबुत बनाउन सकोस् भनेर भाषण गरेका थिए ।

नेता पटेलले मलाई चौकिदार होइन प्रधानमन्त्री चाहिन्छ भनेपछि उनकाे अभिव्यक्तिपछि भारत र नेपालमा रहेका नेपालीले चौतर्फी विरोध गरिरहेका छन् । भारतमा रहेका नेपालीहरुले उनको विरोधमा प्लेकार्डसहित प्रदर्शन गरेका छन् । गत शुक्रवार उनलाई एक सर्वसाधारणले झापड समेथ हानेका थिए ।

प्रकाशित मिति : 20:14







