पूर्वाधार विकास कार्यालयका नासु भागवत यादव दिउँसै कार्यालयमा निदाएपछि….
११ वैशाख, राजविराज । पूर्वाधार विकास डिभिजन कार्यालय सिरहाको सम्पर्क कार्यालयमा नायव सुब्बा भागवत यादव कार्यालयमै सुतिरहेकाे फाेटाे अहिले सामाजिक सञ्जामा भाइरल भैरहेकाे छ ।

राजविराजस्थित सप्तरीको कार्यालयको प्रवेशद्वार नजिकै रहेको कोठाकाे कुर्सीमा सुतेका नायव सुब्बा यादवकाे दुवै खुट्टा भने अगाडिको टेबलमाथि थियो । टेबलमा एउटा रजिष्टर र केही कागजपत्र एकातिर छन् भने अर्कोतर्फ नायव सुब्बा भागवतको गोडा तेर्सिएको छ।
पदीय मर्यादाको ख्यालै नगरी दिउँसै कार्यालयमा कर्मचारी निदाएको देखेपछि सेवाग्राहीहरु भने आक्राेसित बनेका थिए । उक्त कार्यालय अहिले सप्तरी जिल्लामा किर्ते उपभोक्तासम्बन्धी प्रकरणमा सर्वाधिक चर्चामा छ ।

प्रदेश नम्बर २ को भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत सप्तरी जिल्लामा सञ्चालित केही योजनाहरुमा किर्ते गरेर उपभोक्ता समिति गठन गरी काम सुरु गरिएको कार्यालयका नासु भागवत पनि किर्ते प्रकरणमा तानिएका कर्मचारी हुन् ।
प्रकाशित मिति : 18:42







