बालुवाटारस्थित सभामुख कृष्ण बहादुर महराकाे निवास अगाडि आगलागी
बैशाख ११, काठमाडौँ । बालुवाटारस्थित सभामुख कृष्ण बहादुर महराकाे निवास अगाडि बिजुलीकाे पोलमा तार सर्ट भएर आगो लागेको छ । बुधवार बिहान एक्कासी पोलमा आगो लागेपछि दमकल, स्थानीय र प्रहरीले आगो निभाएका छन् ।

समयमै आगो नियन्त्रण भएकाले सभामुख महराकाे निवासमा भने कुनै क्षति नपुगेको प्रहरीले जानकारी दिएकाे छ ।
प्रकाशित मिति : 11:28







