९ असार २०८३, मंगलबार | Tue Jun 23 2026

काठमाडौँको मनमैंजुमा एनआईसी एशिया बैंकको नयाँ शाखा

१० बैशाख, काठमाडौँ । काठमाडौँको मनमैंजुमा एनआईसी एशिया बैंकले नयाँ शाखा कार्यालयन संचालनमा ल्याएको छ । तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहरा तथा एनआईसी बैंकका उप–प्रादेशिक कार्यालय (प्रदेश न.३) का प्रमुख बिकास खरेलले बैंकको तारकेश्वर नगरपालिका वडा नं ११ स्थित मनमैंजु शाखाको उद्घाटन गरे ।

मनमैंजु शाखाको उद्घाटन गर्दै मेयर बोहराले काठमाडौँ उपत्यकाभित्र समेत बैंकिङ पहुँच कम भएको स्थान छानी आम सर्वसाधरण सम्म बैंकिङ पहुँच वृद्धि गर्न बैंकले खेलेको भुमिकाको प्रशंसा गरे ।

कार्यक्रममा बैंकका प्रदेश ३ प्रमुख खरेलले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिति सबल बनाउँदै गएको यस बैंकले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको वित्तीय सवलिकरण अभिबृद्वि गर्ने कार्यमा महत्वपूर्ण योगदान पुर्याई रहेको जानकारी गराए ।

प्रकाशित मिति : April 23, 2019 at 7:46 pm