१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

फाेनमा गफ गरेर कार चलाउँदा एक व्यक्तिले आफ्नै कारबाट झरेका ३ वर्षिय बालकमाथि कार चलाए

१० बैशाख, एजेन्सी । फाेनमा गफ गरेर कार चलाउँदा एक व्यक्तिले आफ्नै कारबाट झरेका ३ वर्षिय बालकमाथि कार चलाएका छन् । भारतको दिल्लीस्थित भरत नगरमा एक व्यक्तिले गाडी माेबाइलमा कुरा गर्दै कार चलाइरहेका हुन्छन् । तीन वर्षका बच्चालाई गाडीबाट ओराल्छन् ।

त्यसपछि बच्चा गाडीबाट निस्किएर आफ्नो घरतिर अघि बढिरहेको देखिन्छन् । तर ती बच्चालाई गाडीले किच्छ । गाडीले बच्चालाई केही परसम्म घिसार्छ तर चालकलाई यसबारेमा तत्काल थाहा हुँदैन किनभने उनी फोनमा कुरा गरिरहका हुन्छन् ।

बच्चालाई गाडीले किचेपछि वरिपरिका मानिसहरु होहल्ला गर्छन् । त्यसपछि गाडी चलाउने व्यक्ति आउँछन् र बच्चालाई लिएर अस्पताल जान्छन् । बच्चा रगताम्मे भएको भिडियाे सिसिटिभि क्यामरामा रेकर्ड भएकाे छ ।

गाडी चलाउने व्यक्ति ती बच्चाको बुवाका साथी बताइन्छ । जसको नाम आस मोहम्मद हुन् । बच्चाको नाम गुलाम हो ।

पुलिसका अनुसार बच्चाको बुवाको आग्रहमा नै आस मोहम्मदले उनलाई घरसम्म पुर्याएका थिए । तर फोनमा कुरा गरिरहेका कारण उनीबाट यस्तो दुर्घटना हुन पुग्यो । दुर्घटनापछि बच्चालाई दीपचन्द बन्धु अस्पतालमा भर्ना गरिएको छ जहाँ बच्चालाई AIIMS मा रिफर गरिएको छ । उनको स्थिती गम्भीर भएको बताइन्छ ।

 

प्रकाशित मिति : 14:31