तारा एयरकाे विमान मन्थलीमा दुर्घटना
९ वैशाख, काठमाडाैँ । तारा एयरकाे विमान रामेछापकाे मन्थली विमानस्थलमा दुर्घटना भएकाे छ। लुक्लाबाट अाएको विमान अवतरणको क्रममा मन्थली विमानस्थलमाचिप्लिएको हो । तारा एयरको नाइन एन केके कल साइन भएको डोर्नियर विमान सोमबार बिहान हाइड्राेलिक पाइप फुटेर रनवेबाट चिप्लिएको हाे ।

विमान दुर्घटनामा परे पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । तत्कालका लागि रामेछाप विमानस्थल बन्द गरिएको छ । दुर्घटना भएको बिमान नहटाएसम्म उडान सुचारु नहुने बताइएको छ ।
प्रकाशित मिति : 10:41







