११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026

समायोजनमा नजाने कर्मचारीलाई बर्खास्त गरेर रित्तोहात घर फर्काउने तयारी, सूची तयार हुँदै

९ वैशाख, काठमाडाैँ । सरकारले समायोजनामा जान नजाने कर्मचारीलाई कारबाही गरेर रित्तोहात घर पठाउने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजनामा जान नचाहने कर्मचारीलाई बर्खास्त गर्ने तयारी गरेको हो। केही कर्मचारीको हकमा अन्याय भएको भए गुनासो सुनुवाइ मार्फत निर्णय पुनर्विचार गर्ने जानकारी मन्त्रालयले यसअघि नै दिएको थियो ।

तर समायोजनामा नजानेमध्ये धेरै सरकार हल्लाउछु भनेर धम्की दिँदै बसेका कारण बर्खास्त गर्ने तयारी गरिएको मन्त्रालय स्रोतले जनाएको छ । मन्त्रालय उच्च स्रोतका अनुसार समायोजनमा जान इन्कार गर्ने कर्मचारीको हकमा कर्मचारी समायोजन ऐन २०७५ को दफा १३ अनुसार अवकाश दिन सक्ने सम्मको कारबाही गर्ने तयारी गरिएको हो । त्यस्ता कर्मचारीलाई ऐनअनुसार २१ दिन भित्र हाजिर हुन नगए कारबाही गरिने तयारी भएको ती कर्मचारी बताउँछन् ।

प्रकाशित मिति : April 22, 2019 at 7:52 am