पिपरा गाउँपालिकाका अध्यक्ष विनोद चोधरीको निधन
८ बैशाख, महोत्तरी । महोत्तरीको पिपरा गाउँपालिका अध्यक्ष विनोद चोधरीको निधन भएको छ । ४५ वर्षिय चौधरीको शारीरिक अस्वस्थ्यताका कारण काठमाडौँको मेडिसिटी हस्पिटलमा उपचारकै ब्रममा आइतबार निधन भएको हो ।

उनको शवलाई महोत्तरी ल्याएर अन्तेष्टि गर्ने तयारी भइरहेको जनाएको छ । उनले राजपा नेपालबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । निर्वाचित भएकै बेलादेखि उनी शारिरीक तथा मानसिक रुपमा अस्वस्थ्य भएपछि औषधि उपचार भइरहेको थियो ।
प्रकाशित मिति : 15:31







