सर्वोच्चका ५ नवनियुक्त न्यायाधीशले लिए सपथ
८ वैशाख, काठमाडौँ । आइतबार सर्वोच्च अदालतका ५ नवनियुक्त न्यायाधीशले पद तथा गोपनीयताको सपथ लिएका छन् । राष्ट्रपति कार्यालय शितलनिवासमा आयोजित समारोहमा नवनियुक्त न्यायाधीशहरु सुष्मालता माथेमा, कुमार रेग्मी, प्रकाशकुमार ढुंगाना, हरिप्रसाद फुयाल र मनोजकुमार शर्मालाई प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सपथ गराएका हुन् ।

आइतबार नै प्रधानन्यायाधीश जबराले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई सपथ गराएका छन् भने राष्ट्रिय समावेशी आयोगका अध्यक्ष शान्तराज सुवेदीले सदस्य विष्णुमाया ओझालाई सपथ गराएका छन् ।
प्रकाशित मिति : 15:18







