१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र यादवको हस्पिटलमा कार्यरत नर्स शाैचालयमा मृत भेटिइन

८ वैशाख, जनकपुर । स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवको हस्पिटलमा एक नर्स मृत फेला परेकी छिन । धनुषाको  जानकी हेल्थ केयर एण्ड टिचिङ्ग हस्पिटल, जनकपुरमा कार्यरत एक नर्स झुण्डिएको अवस्थामा शाैचालयमा मृत भेटिएकी हुन । शौचालयमा झुण्डिएको अवस्थामा मृत भेटिएकी नर्स महोत्तरीको गौशाला नगरपालिका–३, रामनगरकी २४ वर्षीया रक्षा आले रहेको प्रहरीले जनाएको छ ।

प्रतिकात्मक तस्बीर ।

धनुषाका डीएसपी रामेश्वर कार्कीले शौचालयमा झुण्डिएको अवस्थामा नर्स आलेको शव फेला परेको र प्रहरीले घटनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको जानकारी दिएका छन ।

प्रकाशित मिति : 11:49