नरेन्द्र मोदीमाथि भ्रष्टाचारको आरोप, कांग्रेस आईका अध्यक्ष गान्धी भन्छन ‘मोदी जेल जानसक्छन’
८ वैशाख, काठमाडाैँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भ्रष्टाचारको आरोप लागेको छ । राफेल काण्डमा मोदीले भ्रष्टाचा गरेको र त्यसको प्रमाण समेत भेटिएको कांग्रेस आईका अध्यक्ष राहुल गान्धीले बताएका छन । उनले प्रधानमन्त्री नरेन्द्र मोदी जेल जान सक्ने बताए ।

नरेन्द्र मोदीले भारतको नेगोसिएशन टिमलाई बाइपास गरेर राफेलको मोलमोलाइ सीधै द साल्ट कम्पनीसँग गरेकाे र तीनै कागजातको आधारमा उनी जेल जान सक्ने गान्धीको दाबी छ । राफेलबारेको दस्तावेज हिन्दू पत्रिकामा प्रकाशित भएको थियो । तर मोदीले ति कागजातका बारेमा अझैसम्म मुख खोलेका छैनन् ।
प्रकाशित मिति : 11:25









