८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026

नेकपाको एकता प्रक्रियाको टुंगो आज, चार नेता बसेर गुटको भागबण्डा मिलाउने तयारी

८ वैशाख, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को एकता प्रक्रियाको अन्तमि टुंगो लगाउने तयारी गरिएको छ । गुटको भागवण्डाले एकता प्रक्रिया ११ महिनासम्म लम्बिए पछि चार नेताले बसेर आज गुटको कोटा तोक्ने तयारी गरेका छन । तीन महिनामै एकता प्रकिया सक्ने घोषणासहित एक भएका तत्कालीन नेकपा एमाले र तत्कालीन नेकपा माअोवादी केन्द्र सांगठनिक रूपमै एक हुन झण्डै एक वर्ष लागेको छ ।

सांगठनिक एकता टुंगिएको कम्तिमा एक वर्ष भावनात्मक एकताले समय लिनेमा कुनै शंका छैन । पार्टी एकतामा महत्वपूर्ण समय दिनुपर्ने अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बढी नै व्यस्ता बन्दा प्रक्रियाले गति लिन सकेको थिएन । केही दिनअघि चन्द्रागिरी रिसोर्टमा एक रात बिताएका नेकपाका शीर्ष नेताले यही वैशाख ९ भित्रमा एकताको टुंगो लगाउने सहमति गरेका थिए । चन्द्रागिरी बैठकपछि निरन्तर छलफलमा रहेका नेकपाका नेताहरू गुटको भागवण्डाको टुंगो लगाएर नेताहरूको खल्तीबाट सूची निकालेर संगठनको एकता टुंग्याउने तयारीमा देखिएका छन ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव विष्णु पाैडेल आज निर्णायक छलफलमा जुट्दैछन । कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसर पारेर भोलि बैसाख ९ गते साेमबार एकता प्रक्रिया टुंग्याउने अन्तिम तयारी भैरहेको छ । माधव नेपाल समूहले अाफूले भनेअनुसार नेतृत्वमा भागबण्डा नपाए सामानान्तर कमिटी घोषणा गर्ने तयारी गरेको छ । जिल्ला नेतृत्वको सवालमा माधव नेताप पक्षको तर्फबाट समानान्तर कमिटी गठनका लागि केही अघि सूची नै सार्वजनिक समेत भएको थियो ।

हुनतः प्रधानमन्त्री निवास र प्रधानन्यायाधीश निवासको जग्गा अतिक्रमण लगायत अन्य सार्वजनिक जग्गा व्यक्तिका नाममा माधवकुमार नेपालले विगतमा गरेको योगदानका बारेमा पार्टीका शीर्ष नेताको बीचमा चर्चा चल्दा नेपाल बिरामी नै परेका थिए । त्यसको असर एकताको टुंगोमा केही देखिने भएकाले पनि सम्भवत आजै एकखालको खाकामा सहमति हुने अनुमान अोली निकटका नेताहरूले गरेका छन । आज सैद्धान्तिक सहमतिमा पुगेर तल्लाे तहका प्रमुख पदमा नामसहितकाे प्रस्तावमा समझदारी भए आजै साँझ वा भोलि बिहान सचिवालयको बैठक बसेल त्यसलाइ अनुमोदन गर्ने तयारी रहेको छ ।

प्रकाशित मिति : 09:49