आज पनि देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित पानी पर्ने
८ वैशाख, काठमाडाैँ । आज पनि देशका धेरै ठाउँमा हावाहुरी र मेघगर्जनसहित पानी पर्ने भएको छ । मौसमविद्हरूले गरेको पूर्वानुमान अनुसार आइतबार देशका धेरै ठाउँमा हावाहुरी र मेघगर्जनसहित पानी पर्नेछ । दिउँसोपछि बदली भई धेरै ठाउँमा हुरीबतास र चट्याङसहित पानी पर्ने भएकाले मौसमविद्ले सावधानी अपनाउन आग्रह गरेका छन् ।

बिहान खुलेको मौसम दिउँसोपछि बदली भएर बेलुकीतिर हुरीबतास र चट्याङ पर्नु स्वभाविक भए पनि यो वर्ष प्रिमनसुन सक्रिय देखिएको छ । पश्चिमी वायु र पूर्वमा बनेको न्यूनचापीय रेखाको प्रभावले अहिले सफा भएको ठाउँको मौसम पनि बदली हुने माैसमविद्ले जनाएका छन ।आइतबार राति पनि मौसम बदली हुने र थोरै स्थानहरुमा चट्याङ र हावाहुरीसहित पानी पर्ने पूर्वानुमान रहेको छ ।
प्रकाशित मिति : 08:32









