८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026

सर्वोच्चको न्यायाधीशमा प्रस्तावित पाँचै जनाको नाम सर्वसम्मतिले अनुमोदन

५ बैशाख, काठमाडौँ । सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस पाँचै जनाको नाम संसदीय सुनुवाइ विशेष समितबाट अनुमोदन भएको छ ।

समितिको बिहीवार बसेको बैठकले प्रस्तावित न्यायाधीशहरू प्रकाश ढुंगाना, सुष्मालता माथेमा, हरि फुँयाल, कुमार रेग्मी र डा. मनोजकुमार शर्माको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो ।

त्यसअघि समितिले पाँचै जनाको सम्बन्धमा क्रमैसँग सुनुवाइ गरेको थियो । सुनुवाइका क्रममा प्रस्तावित न्यायाधीशहरूले संविधानको सर्वोच्चता डग्न नदिने, न्यायालयमा निष्पक्षता कायम राख्ने लगायतका प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रकाशित मिति : 19:16