विप्लवको बमले पोखरामा एक सैनिक घाइते, थप उपचारका लागि काठमाडाैँ ल्याइदैँ
५ वैशाख, कास्की । विप्लव नेतृत्वको नेकपाले राखेको बमका कारण पोखरामा एकजना सैनिक घाइते भएका छन । उनी बम डिस्पोज गर्ने क्रममा बिस्फोटमा परेर घाइते भएका हुन । प्रहरीका अनुसार पोखरा महानगरपालिका–३ स्थित प्रदेशसभा भवन नजिकै फेला परेको शंकास्पद वस्तु विस्फोट पार्ने क्रममा बिहीबार बिहान सैनिक अमलदार धर्म थापा घाइते भएका हुन् ।

नेपाली सेनाको बम डिस्पोजल टोलीका सदस्य बिम निष्क्रि पार्ने क्रममा विस्फोट हुँदा घाइते भएको प्रहरीले जनाएको छ । घाइते थापालाई प्राथमिक उपचारपछि एम्बुलेन्समार्फत काठमाडौं ल्याइदै छ । नेकपाले ठाउँठाउँमा बम राखेर जनजीवन अातंकित बनाएको छ ।
प्रकाशित मिति : 12:42









